प्रकाश सपुतको मार्मिक अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक

प्रकाश सपुतको मार्मिक अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। प्रकाश सपुत र हिउवाला गौतमको हृदयस्पर्षी अभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ। आरूष भुषाल भुषाल वाल्यकालको छोराको भूमिकामा रहेका छन्।

क्यानाडाको टोरोन्टोमा बस्ने पर्बत ठुलिपोखरीका रबिन्द्र लम्सालले गीतको शब्द रचना गरेका हुन्। रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई सिडी विजय अधिकारीले संगीत दिएका छन् भने किरण कंडेलले बाजागाजाको संयोजन गरेका हुन्।

द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीको स्वर रहेको सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्। विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन्।

Back to top button