रत्नपार्कमा गीत गाउँदै, पैसा माग्दै भेटिए- अर्को सचिन परियार, ५ बर्षे बाबुको सबैलाई चकित पार्ने आवाज (भिडियो हेर्नुस)

यतिबेला सामाजिक सन्जालमा भाईरल सचिन परियार । उनका गीत देखि हरेक भिडियो चर्चामा रहँद्या रत्नपार्कमा गीत गाउने ५ बर्षका त्यस्तै बाबु बसन्त लामा भेटिएका छन् । शिशिर भण्डारीले आफ्नो फेसबुकमा लेख्दै भिडियो राखेका छन् । उनले लेखेका छन्,रत्नपार्कको व्यस्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टिबिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।

५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । कस्तो हृदयबिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला । आफ्नो आमा बुवा गीत गाउन घरबाट निस्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि नखाई गीत गाउँछन् । यसैबिच कलाकार तथा संचारकर्मी शिशिर भण्डारी रत्नपार्क पुगे र बसन्त र उनको परिवारको कथा सबै माँझ ल्याए । यो परिवारको कथाले सबैको मन जित्यो र शिशिरले यो परिवारको गीत रेकर्ड गरिदिए र भिडियोको साथमा ल्याए । रचना रिमाल र कुमार अभिको पनि आवाज रहेको गीत यतिबेला चर्चामा छन् । गीतले सबैलाई रुवाएको छ । भिडियो हेर्नुस

Back to top button