पूर्वेली गीत ‘खोटाङ बजार’ सार्वजनिक

काठमाडौं । गायक केदार खोटाङे र गायिका प्रिया लामा थोकरको आवाज रहेको पूर्वेली गीत ‘खोटाङ बजार’ सार्वजनिक भएको छ । उक्त गीतमा टिकटकमा भाईरल भएकी देवी खड्का लगाएतले अभिनय गरेका छन् ।

केदारको शब्द तथा नवराज रोकाको संगीतमा तयार भएको उक्त गीत रहर म्युजिक कृयशनको स्तुडियोमा रेकर्ड गरिएको थियो । साथै, गीतको भिडियो गायक खोटाङेकै निर्देशनमा तयार भएको हो ।

त्यस्तै, प्रदिप सिंह थापाले सम्पादन गरेको उक्त भिडियोमा सपना तामाङ, देविका खड्का, सोफिया लोहार, मदन महरा लगाएतको अभिनय छ । गीतमा साली भेनाको मायाप्रेम तथा खोटाङ जिल्लाको सुन्दरता तथा आमाको मायालगाएत विषयवस्तुहरुका भाव समावेश गरिएको छ ।

साथै, पछिल्लो समय देशमा कोरोनाको महामारी कम हुन थालेपछि नेपाली गीत संगीत केही चलायमान हुन थालेको र यसै प्रसंगलाई पनि गीतमा उठान गरिएको गीत निर्माण पक्षले जनाएका छन् ।

विशेषतः नेपाली लोक संगीतका विभिन्न भेगहरुमा फरक–फरक भाका तथा लय हुने हुँदा यस्को सुन्दरता अझै थपिएको उनिहरुको जिकिर छ ।

Back to top button