केहि महिनाअघि विवाह गरेका २० वर्षीय लक्ष्मण ससुरालीबाट नै बेपत्ता

काठमाडौ । बझाङ जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङ तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उहाँ गत माघ ४ गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो ।

चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उहाँका दाई गणेश विकले राससलाई जानकारी दिनुभयो ।

Back to top button