भारतीय हास्य कलाकार कपिल शर्मालाई पुत्रलाभ

मुम्बई । भारतीय हास्य कलाकार कपिल शर्मालाई दोस्रो सन्तानका पुत्रलाभ भएको छ । उनले आज ट्विटरमा लेखेर श्रीमती गिन्नी चतरथले छोराको जन्म दिएको बताएका हुन् । यसअघि सन् २०१९ मा शर्मा परिवारमा छोरीको जन्म भएको थियो।सौर्य दैनिकमा खबर छ ।

हास्य कलाकार शर्माले ट्विटरमा उक्त कुराको जानकारी दिदैँ भनेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो छोरोको जन्म भएको छ, भगवानको कृपाले बच्चा र आमा दुवै स्वस्थ छन्, तपाईंको सबै प्रेम, आशिस र प्रार्थनाका लागि धेरै धेरै धन्यवाद ।’

Back to top button