कंगना रनौतलाई अदालतको पत्र

एजेन्सि । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले पत्र पठाएको छ । लेखक जावेद अख्तरको मानहानिको मुद्दामा सुनुवाइ गर्दै कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि अदालतले पत्र पठाएको हो ।

जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए । २०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानबिन गर्न अन्धेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले निर्देशन दिएको भारतिय संचारमाध्यमले जनाएका छन् ।सौर्य दैनिकमा खबर छ ।

टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नोबारेमा आपत्तिजनक बयान दिएको आरोप जावेदले लगाएका थिए । कंगनाले यसबारे कुनै जवाफ दिएकी छैनन् ।

Back to top button