कट्रिनाका कारण सकियो जरिनको करिअर !

काठमाडौ । बलिउड अभिनेत्री जरिन खानले आफ्नो फिल्मी करिअर असफल हुनुका कारणबारे मुख खालेकी छन्। उनले यसबारेआफ्नो मुख खोल्दै अभिनेत्री कट्रिना कैफलाई असफलताका कारण ठहर गरेकी छिन्।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा जरिनले भनेकी छन्– ‘जब मैले बलिउडमा डेब्यु गरें, मेरो तुलना कट्रिनाका साथ हुन्थ्यो। जुन निकै निराशाजनक थियो। तर पनि मैले यसबाट हार मानिनँ। किनभने यसभन्दा पहिले पनि प्रीति जिन्टाको तुलना अमृता सिंह तथा अमिषा पटेलको तुलना नीलमाका साथ हुन्थ्यो।’

जरिनले आफ्नो अनुहार कट्रिना कैफको जस्तै भएका कारण आफूले पहिलो फिल्मपछि अन्य फिल्म पाउन गाह्रो भएको बताएकी छिन्।नेपालसमचारपत्रमा खबर छ । ‘मेरो पहिलो फिल्म त्यति चलेन। तर, मानिसहरु यसको दोष मलाई दिइरहेका थिए। त्यो बेला म नयाँ थिएँर पर्फेक्ट थिइनँ होला। तर, मानिसहरुले यो कुरा बुझेनन्।

कट्रिना कैफको लुकअलाई भएका कारण पनि मेरो करिअरमा नोक्सान पुग्यो। किनभने कुनै पनि फिल्म निर्माता कसैको लुकअलाई वा डुप्लिकेटको साथ काम गर्न चाहँदैन।’ –उनले भनेकी छिन्।

सलमान खानको फिल्म वीरबाट फिल्मी करिअर शुरु गरेकी जरिनको बलिउडमा कट्रिना कैफले एकक्षत्र राज गरिरहेका बेला उनीसँग तुलना हुने गर्थ्यो ।

Back to top button