भरतले ल्याए ‘यो मन दुखेको’

काठमाडौं । गायक भरत परियारले ‘यो मन दुखेको’ नामक गीत ल्याएका छन् । उक्त गीतमा यायक परियार र गायिका बिमला परियारको आवाज रहेको छ भने भरतले नै शब्द रचना र संगीत भरेका हुन् ।

त्यस्तै, जिवन केसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा महेश महराको छायांकन रहनुका साथै नबिन घर्ती मगरको सम्पादन गरेका हुन् ।

उक्त भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी लगायतले अभिनय गरेका छन् । म्युजिक मस्ती नेपाल नाम गरेको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । गाउँ समाजमा भइरहने विभिन्न विषयलाई उठान गरेर मायाप्रेमका भावमा मौलिक गीत ल्याएको गायक परियारले बताए ।

Back to top button