अन्जु पन्तका हुनेवाला श्रीमान भन्छन् ‘तपाईले सुनेको सत्य हो,हामी प्रेममा छौं’

काठमाडौं । गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’

शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेको कोइरालाले बताएका छन् ।राजधानि दैनिकमा खबर छ ।

साता अघि गायिका पन्तले पुन विवाह गर्न लागेको समाचार सार्वजनिक भएको थियो । अञ्जुकी छोरि परितोषिाले अञ्जुलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

Back to top button