सम्बोधन गर्दा गर्दै यसरी भक्कानिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए ।

गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।

उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।

Back to top button