श्रीमान बितेको दुई महिनामा छोरी गुमाइन् द्रोपतीले,पुरै गाउँ शोकमा

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको श,व फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृ,त अवस्थामा शव फेला परेको थियो ।

चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताउनुभयो । गाउँकी छोरीको ह,त्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।”

मृ,तक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृ,त्यु भएको थियो । मृ,तकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गु,माउँदा मृ,तककी आमा द्रोपती भट्ट निकै पीडामा रहनुभएको छ । श्रीमान् बितेको पीडामै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको हो ।

भागरथी विभ,त्स अवस्थामा फेला परेकीले ब,लात्का,र गरी ह,त्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरिरमा नि,लडाम, घा,उ, यौ,ना,ङ्गमा र,गत, घाँ,टी निमो,ठेको अवस्थामा श,व फेला परेपछि आफन्तले बला,त्का,रपछि ह,त्या भएको मृ,त,कका काका शिवराज भट्टले बताउनुभयो । मृ,तकको किशोरी भागरथीको श,व परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।

मृ,तक किशोरीको ,श,व भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अपराधी पत्ता लागेको छैन, आज श,व परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।” किशोरीको ब,लात्कार,पछि ह,त्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ । घ,टना श,ङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताउनुभयो । उहाँले भन्नुभयो, “किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।”

घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृ,तक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।

Back to top button