ओली विरुद्ध फेरी खनिए गगन थापा, भगवान् रामलाई नागरिकता दिन लागे ओलीले भन्दै गर्जिए गगन

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीका लागि प्रमुख प्रतिक्षक्षी दलका काँग्रेसका नेता गगन थापा एक्लै काफी छन् । यो कुरा काँग्रेसीहरुले मात्रै भनेका होइनन् नेकपा तथा पूर्वमाओदाीहरुले पनि सहषर्न स्विकार्दै आएको कुरा हो ।

यसअघि पनि संसद र सदन दुवै स्थानबाट ओली र थापाको जुहारी चलेकै हो । प्रतिनिधी सभा भंग गरेर ओलीले सबैभन्दा ठूलो गल्ती गरेको बताउँदै थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरेको अर्को गम्भिर आरोप लगाएका छन् ।

वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोल्दै नेता थापाले प्रधानमन्त्री ओलीले भगवान् राम र पशुपतिनाथ प्रतिको आस्थामा खेल्न खोजेको आरोप लगाए । गगनले भने प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताउँदै अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र सीताको मुर्तिसमेत राख्ने तयारी गरेका छन्।

गगनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरिरहेका छन् । केही समयअगाडि प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधानको विघटन गरेको भन्दै थापाले गहिरो चिन्ता समेत ब्यक्त गरेका छन् ।

Back to top button