दीपाश्री निरौलाको रोकिएको त्यो विवाह भन्छिन तेसपछी कहिले विवाहको साइत जुरेन (भिडियो हेर्नुहोस)

दीपाश्री निरौलाले रोजै सामना गर्नुपर्ने प्रश्न हो– विवाह कहिले गर्नुहुन्छ ? उनी प्रायः हाँसेर टारिदिन्छिन् । उनले पहिला पहिला विवाह गर्ने चाहना भए पनि तत्काल विवाहका बारेमा सोच नबनाएको उनले बताइन् । आफू क्यारियर तिर फोकस्ड भएकाले त्यसतर्फ ध्यान दिन नसकेको बताइन् तर, मुहारमा मुस्कान देखिने यो क्षण दिमागमा भने एउटा पुरुषको तस्बिर नाच्ने गर्छ, जसलाई उनले ‘धोका’ दिएकी थिइन् । त्यो पनि विवाहकै दिन । यो अधुरो प्रेमकथा सुरु हुन्छ, विसं. २०४८ तिर । त्यतिबेला दीपा १० कक्षामा पढ्दै थिइन् । विराटनगरस्थित उनको घरअगाडि कलेज पढ्ने केटो भाडा लिएर बसेको थियो । पढाइमा नामी,आनीबानी पनि सरल ।

टेस्ट परीक्षा नजिक आउँदै थियो, दीपा उनीसँग पढ्न जान थालिन् । अरू साथीहरू पनि हुन्थे तर उनको ध्यान दीपातिर ज्यादा हुन्थ्यो । यसको हेक्का दीपालाई नभएको होइन तर थाहा नपाएझैं गरिन् । शंका लागेर हो वा कुन्नि, एक दिन आमाले किताब खानतलासी गरिछिन् । त्यहाँ त त्यही केटाले लेखेको प्रेमपत्र । दीपा मुस्कुराइन्, ‘मलाई थाहै थिएन तर आमाले पूरै बबन्डर मच्चाउनुभयो । आमा र फुपूको पिटाइ खाइयो ।’ उनी केटाले एकोहोरो मन पराएको विश्वास दिलाउन खोज्थिन् तर आमा मरिगए नपत्याउने । आमालाई डर रहेछ, छोरीले इसारा नदिई केटाले चिठी लेखेन,त्यसैले दिनरात गाली गरिरहिन्,कहिले रुँदै घुर्काउँथिन पनि । भिडियो हेर्नुहोस

Back to top button