चुरीफुरीले सार्वजनिक ग-यो नायक नायिका

काठमाडौं । यतिबेला छायांकनमा रहेको चलचित्र ‘चुरीफुरी’ अभिनेता अभिनेत्री सार्वजनिक गरिएको छ । यो चलचित्रको नायक नायिका यतिबेला सार्वजनिक गरिएको हो । मोडल अभिषेक श्रेष्ठलाई यो चलचित्रबाट नायकको रूपमा डेब्यु गराइएको छ ।

यो चलचित्रबाट नायिकाको रूपमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङले डेब्यु गरेका छन् । समसामयिक विषयमा हास्य प्रदान प्रस्तुति रहेको फिल्ममा यी तीन नव अभिनेत्रीसँग नव अभिनेता अभिषेकको रोमान्स देखाइनेछ ।

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा यो चलचित्रको यतिबेला धमाधम छायांकन भइरहेको छ । नयाँ कलाकारहरू अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार ‘चुरीफुरी’को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । जसबाट अभिषेक र तीन नव नायिक चयन गरिएको हो ।राजधानि दैनिकमा खबर छ ।

अभिषेक, पूजा, सोना, रिन्जिनसहित राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ९काकु०, सुबोध गौतम ९एदुमे०, पवन खतिवडा ९म्याकुरी०, सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मि आचार्य, सरिस्मा मगरलगायतको अभिनय रहनेछ ।

आरबि मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईले खिचेको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । यो चलचित्रलाई नवीन निरौलाले सम्पादन गर्नेछन् ।

Back to top button