सुन्दरी प्रिज्मासँग विबाह गर्दै सक्किगोनीका बले

काठमाण्डौ । स्याग्जा जिल्लामा जन्मेका सागर लम्साल बले पछिल्ला दिनमा चर्चित हाँस्यकलाकारहरुको सूचिमा पर्छन् । भद्रगोल, म्यूजिक भिडियो हुँदै सक्किगोनीसम्म आइपुग्दा उनको चर्चा कलाकारका रुपमा भएपनि पछिल्ला दिनमा सागर प्रेमका कारण पनि चर्चामा छन् । सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चा पाइरहेको छ । स्रोतका अनुसार सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् ।

केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् ।

टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् । हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले अौधी रुचाउँछन् ।

Back to top button