फरार दुई व्यक्ति कारागार चलान

विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरू कारागार चलान भएका हुन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७६ साउन १४ को फैसलाले पाँच दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएकामा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी बूढानीलकण्ठ बस्ने सुशीला श्रेष्ठलाई आज कारागार चलान गरिएको सिआइबीले जनाएको छ ।

गएराति काठमाडौँको शान्तिनगरबाट पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशपछि आजै कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

यस्तै वैदेशिक रोजगार कसूर मुद्दामा सर्वोच्च अदालतको यही मङ्सिर ११ गतेको फैसलाले एक वर्ष छ महिना कैद र रू एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पा खानीगाउँकी टीकाकुमारी थापालाई पनि पक्राउपछि कारागार चलान गरिएको छ । सजाय बेरुजु रही फरार रहेकी थापालाई भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिकामा अदालतको आदेशले कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।

Back to top button