नेपालमा आइपुग्यो थ्री स्पार्क टेक्नोलोजीको बेनेली १८०एस, टेस्ट ड्राइभमा गिफ्ट पाइने !

काठमाडौं । नेपाली बजारमा बेनेलीको नयाँ बाइक बेनेली १८०एस भित्रिएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनलले सो बाइक नेपाली बजारमा भित्र्याएको हो ।बेनेलीको सो बाइकमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ । सो प्रविधिले बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको भनाइ छ । त्यसैगरी यसका कारण इन्धनको खपत पनि सही तरिकाले हुन्छ र राम्रोसँग उपयोग हुन्छ ।

बेनेलीको यो बाइकमा १८० सीसीको लिक्विडकुल्ड इन्जिनको प्रयोग गरिएको छ, जसले १८ बीएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ईएफआई इन्जिनको प्रयोग गरिएको छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लचप्लेटको प्रयोग गरिएको छ । बाइकमा अपसाइड डाउन मोनोसक सस्पेन्सनको प्रयोग गरिएको छ ।

सेतो, कालो र रातो कलरमा उपलब्ध बेनेली १८०एस बाइकको मूल्य ४ लाख ३० हजार हरियो कलरमा उपलब्ध बाइकको मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको केटीएम इन्टरनेसनलले बताएको छ ।बेनेलीको उपत्यकास्थित भक्तपुर र नक्साल तथा चितवन र बुटवलको सोरुममा हाल यो बाइक टेस्ट ड्राइभका लागि उपलब्ध छ । टेस्ट ड्राइभका सहभागीहरुका बीचमा गोलाप्रथा गरिने र उनीहरुलाई बेनेलीको हेल्मेट, ग्लोब, ज्याकेट वा घडी मध्ये कुनै एक उपहारको रुपमा प्रदान गरिने बताइएको छ ।नेपाल अटोमा खबर छ ।

Back to top button