झाँक्री निवासमा समर्थकको नाराबाजी, एक जना घाइते

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्षमा उनको शंखमुल निवासमा समर्थक नाराबाजीमा उत्रेका छन्।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर्न घरमा पुगेपछि उनका पक्षधरले नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा एक जना प्रहरी घायते भएको बताइएको छ ।
उनीहरुले राष्ट्रपति,प्रधानमन्त्री विरुद्ध र प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गर लगायतका नारा लगाइरहेका छन्। झाँक्रीले यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

Back to top button