ओलीले चासो राखेर पक्राउका लागि दबाव दिएपछि निवासबाटै पक्राउ परिन झाँक्री

काठमाडौं २९ माघ । नेकपा प्रचण्ड नेपालक समुहकी नेत्रृ रामकुमारी झाँक्री अन्तत पक्राउ परेकी छिन् । राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई निजी निवास शंखमुलबाट प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेर पक्राउका लागि प्रहरी प्रशासनलाई दबाब दिएपछि प्रहरी ले उनलाई पक्राउ गरेको बताइएको छ ।

आफुलाई पक्राउ गर्न पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई चेतावनी दिएकी झाँक्रीलाई डीएसपी सुधीर शाहीले निवासभित्रै पुगेर अहिले दिउँसो १२ः४० बजे पक्राउ पूर्जी थमाएको थियो । झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

Back to top button