नेपालमा देखियो नयाँ प्रजातिको कोरोना भाइरस, १३ जनामा भाइरस पुष्टि

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सक हरुको आशंका छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलकाअनुसार दुई हीताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो ।

उनमा एस जिन देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

Back to top button