सपना रोका मगरले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी

काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपनाले आज आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको बताइएको छ ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध चिसिदै आएको बताइएको छ ।

Back to top button