अश्लिल आरोप लगाउँदै धम्कि दिएका बस्नेतविरुद्ध सपनाले दिइन् उजुरी

बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।

बस्नेतले आफूलाई विभिन्न लान्छना लगाउँदै धम्कि दिएको बताउँदै सपनाले उजुरी दिएकी हुन् । उजुरी परेसँगै बस्नेतलाई पक्राउ गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । नेपालसमचारपत्रमा खबर छ ।

बस्नेतले केही दिन अघिमात्र युट्युबमा सपना रोका मगरका नांगा तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिएका थिए । सो भिडियो भाइरल भएसँगै न्यायका लागि सपना प्रहरी समक्ष पुगेकी हुन् । बस्नेतले धम्कि दिएसँगै सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने अवस्था बनाइदिएको अभिव्यक्ति समेत दिएकी थिइन् ।प्रहरीको लिस्टमा रहेका बस्नेत भने हाल काठमाडौँ बाहिर छन् ।

Back to top button