भागरथी ह’ त्याका ण्ड भएपछि भानदेवलाई पछुतो लागेको त्यो दिन

काठमाडौं -बैतडीको दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन् । उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन् ।

त्यसदिन विद्यालयको पोशाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने । कपाल पनि लामो भएको छ काटेर आउनू भने ।ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के । भागरथी १२ कक्षामा व्यवस्थापन संकायकी विद्यार्थी थिइन् । उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो ।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे । सैलुन विद्यालयबाट ५ मिनेटको पैदल दूरीमा पर्छ । उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे ।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो । ‘भागरथीले कतिबेला जाने हो रु भनेर सोधी । हामीले कपाल काटेर आउँछौं भन्यौं । उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी,’ भानदेवले स्मरण गरे ।

भानदेवलाई त्यसै दिनको पछुतो छ । ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि रु’ उनले भने ।यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो । लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरक–फरक गाउँ जाने बाटो आउँछन् । तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो ।

भानदेव सहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन । ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही थाहा भएन,’ भानदेवले भने ।

भागरथीको बलात्कारपछि हत्या घटनाको अनुसन्धान पनि अहिले त्यही भीरकट्याको डाँडो आसपासमै रुमल्लिरहेको छ ।त्यस दिनको पछुतो सहपाठीहरूलाई मात्रै होइन, आफन्तलाई पनि त्यतिकै छ । आमा द्रोपती पछुताउँदै भन्छिन्, ‘त्यही दिनको ३–४ बजेतिर लवलेक वनतिर खोज्न गएको भए सायद यस्तो हुन्थेन कि रु’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Back to top button