पूर्व राजकुमार ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।उहाँहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उहाँहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गर्नुभएको हो ।

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उहाँहरूले सार्वजनिक गर्नुभएको छ । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ । “आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उहाँका प्रवक्ताले भनेका छन् । उहाँहरूका जेष्ठ सन्तानआर्ची गत मे मा एक बर्ष पुरा हुनुभएको छ ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उहाँकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएको छ ।ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उहाँहरुको विवाह भएको हो ।

Back to top button