अभिनेता महेश बाबुसंग सीता बन्दै दीपिका सीता र ऋतिक रावण

मुम्बई – फिल्म निर्माता मधु मन्टेना रामायणमाथि फिल्म बनाउँदै छन्। अहिले यो फिल्मका लागि कलाकार छनोट भइरहेको छ। दीपिका पादुकोण र ऋतिक रोशन छानिइसकेका छन्। अब दक्षिण भारतीय फिल्मका स्टार महेश बाबुलाई यो फिल्मका लागि प्रस्ताव गरिएको छ। फिल्ममा महेश बाबु राम, दीपिका सीता र ऋतिक रावणको भूमिकामा देखिने भएका छन्।

फिल्म निर्देशक ओम राउत पनि रामायणमाथि नै ठूलो बजेटको फिल्म निर्माण गरिरहेका छन् जसमा रामको भूमिकामा प्रभास छन्। यो फिल्ममा रावणको भूमिकामा सैफ अली खान छन् भने सीताको रोलमा कृति सेनन छिन्।अन्नपुर्ण पोष्टमा खबर छ ।

सूत्रअनुसार मधुले रामको रोल प्रभासलाई नै अफर गरेका थिए तर उनले आदिपुरुष साइन गरिसकेका थिए। बलिउडमा अहिले रामायणमा आधारित दुई ठूला फिल्म बनिरहेका छन्। एकै विषयमा दुई फिल्म एकसाथ बन्दा दुवैलाई घाटा हुने आकलन गर्न थालिएको छ।

Back to top button