किंग्स एलेभन पञ्जाबले नाम परिवर्तन गर्दै

काठमाडौं  । इन्डियन प्रिमियर लिग(आईपीएल)को एक फ्रेञ्चाइज किंग्स एलेभन पञ्जाबले नाम परिवर्तन गर्न लागेको छ। फ्रेञ्चाईका मालिक मोहित बर्मनले नाम ताजा देखिन र ताजा महसुस हुन परिवर्तन गर्न लागेको बताउनुभएको छ । किंग्स एलेभन पञ्जाबको नाम अबदेखि भने पञ्जाब किंग्स बोलाइने भएको छ।

नेस्स वाडिया, प्रिती जिन्टा र कर्ण पौलको समेत स्वामित्व रहेको पञ्जाबले बुधबार नयाँ लोगो समेत सार्वजनिक गर्नेछ । बर्मनले पछिल्लो एक वर्षदेखि टोलिको नयाँ तवरले ब्राण्डीङ्ग गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँ डाबर इन्डिया प्रा।लि।का उपाध्यक्ष समेत हुनुहुन्छ । गोर्खापत्रमा खबर छ ।

Back to top button