सुरक्षार्मी खोसिएपछि सुरक्षा सुरक्षा माग्दै पूर्वमन्त्रीले दिए निवेदन

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें ।’

ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले भनेका थिए, ‘गृह सचिव, गृहमन्त्री र आवश्यकता परे प्रधानमन्त्रीसँगै कुरा गर्छु ।’ महतको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका २ जना अंगरक्षक फागुन १ बाट फिर्ता भए ।

पूर्वगृहमन्त्री गोविन्दराज जोशी र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि सुरक्षामा खटिएका प्रहरी फिर्ता गएपछि असन्तुष्टि जनाएका थिए । अंगरक्षक फिर्ता गर्न पुगेका सुरक्षा अधिकृतसँग जोशीले भनेका थिए, ‘म थ्रेट नै नभएको नेता त होइन तर सरकारले निर्णय गरेछ ।’ कान्तिपुर

Back to top button