भागरथी हत्यारालाई आज सार्वजनिक गर्दै प्रहरी, हत्यारा भागरथीकै आफन्त

काठमाडौँ । बेतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेका युवकलाई आज सार्वजनिक गर्दैछ ।

भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेसँगै उनलाई आज सार्वजनिक गर्न लागेको हो ।

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ भनेर हत्या गरेको स्विकार गरेका छन् ।

स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत रहस्य खोलेपछि उनी नै अपरधी भएको प्रहरीको निष्कर्ष रहेको छ ।

Back to top button