ट्रकको ठक्करले हरिण मर्‍यो

चितवन — ट्रकको ठक्करले बुधबार बिहान महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–९ टिकौलीस्थित सिँचाइगेटनजिक हरिण मरेको छ । चितवन प्रहरीले ट्रक चालक अनिल कुमाललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान साढे ४ बजे सडकमा हरिण मरेको भेटिएको थियो । सोधखोज हुँदा पूर्वबाट नारायणगढतर्फ आइरहेको ना६ख १४६० नम्बरको ट्रकले हरिणलाई ठक्कर दिएको पत्ता लागेको थियो । घटनापछि नरोकी बाटो लागेको उक्त ट्रक बिहान पौने सात बजे रामनगरबाट नियन्त्रणमा लिइएको हो ।

टिकौलीको बरणाभर जंगल हुँदै चितवन राष्ट्रिय निकुञ्जका जनावर ओहरदोहर गर्छन् । जंगल छिचोलेर राजमार्ग गएको छ । यसअघि पनि उक्त क्षेत्रमा पटकपटक साना–ठूला जनावर गाडीको ठक्करले मर्ने गरेका छन् ।

Back to top button