भागरथीको ज्या’न लिने दिनेश भट्ट सार्वजनिक

धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनाको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको कर णी पछि ज्या’न लिएको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको यो घटना घटाएको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

Back to top button