‘त्यतीबेला म होसमा थिइन् के बोलेँ मलाई थाहा छैन’ भन्दै विनयले यसरी हिरासतबाछ नै सपनासँग माफी मागे, हेर्नुहोस् भिडियो

काठमाडौ । बिबिसीमा विश्वको प्रतिभाशाली महिलाका रुपमा सुचिकृत भएकी सपना रोका मगरको उजुरीको आधारमा पक्राउ परेका विनयजंग बस्नेतले प्रहरी हिरासतवाट माफी मागेका छन् । उनले आफुले गरेको गल्तीको माफी माग्दै हिरासतमुक्त गराउन माग गरेका छन् । उनले आफुले न शामा सपना विरुद्ध अभिब्यक्ति दिएको र त्यतीबेला के बोलेँ भन्ने कुरा आफुलाई अहिले पनि स्मरण नभएको बताएका छन् ।

आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम सहित उनलाई भेट्न गएकाहरुलाई विनयजंगले यस्तो आग्रह गरेका हुन् । उनले आफुले गल्ती गरेको स्वीकार गर्दै त्यो कुरा वेहोसीमा बोलेको बताएका छन् । उनले सपनासंग आफु मिलेर जान तयार रहेको पनि बताएका छन् । वेवारिसे शव ब्यवस्थापनमा लागेका विनयजंग बस्नेतले कुनै बेला आफैले छोरी भनेकी सपना रोका मगरका विषयमा युट्युववमा अनावश्यक टिप्पणी गरेका थिए ।

उनले सपनाका नां गा तस्बिर आफ्नो मोवाइलमा र पेनड्राइभमा पनि रहेको भन्दै अभिब्यक्ति दिएका थिए । उनले आफुविरुद्ध लागे सि ध्या इदिने ध म्की पनि दिएका थिए । उनले ति सब कुरा आफुले न शा मा बोलेको बताएका छन् । म त्यती बेला होसमा थिइन्, मैले र क्सी खाएको थिए उनले पुण्य गौतम सहितका उनलाई भेट्न गएकाहरुलाई भनेका छन्, मैले के बोले मलाई नै अहिले याद छैन ।

उनलाई भेट्न गएकाहरुले पनि विनयजंग अहिले पनि सामान्य अवस्थामा नरहेको बताए । अहिले पनि दया लाग्दो अवस्था छ पुण्यसंगै रहेकी महिलाले भनिन्, केही समय अघि देखि नै विनयजंगको अवस्था ठिक थिएन । उहाँले लुगा पनि उल्टा लगाउनुहुन्थ्यो । बे होसीमै अनेकथरी बोल्नुहुन्थ्यो । उनीहरुले विनयजंगको यस्तो अवस्थाका कारण उनलाई माफी दिनुपर्ने बताएका छन् ।

Back to top button