पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

मेषः– यान्त्रिक कामबाट लाभान्वित हुनुहुनेछ । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । धैर्यतापूर्वक काम गर्नु होला र आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै संघर्ष गर्नु पर्नेछ । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र फाइदा लिन सकिनेछ । पुराना विवादको टुङ्गो लाग्नेछ ।

वृषः– अस्थिरताले अनिष्ट निम्त्याउनेछ धैर्यता नगुमाउनु होला । लगनशिल भई गरेका कामबाट मात्र लाभान्वित हुनु हुनेछ । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेमिकाबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुनः– भौतिका सम्पतिमा क्षति हुनसक्छ सतर्क रहनु होला । समस्याको भुमरीमा परिनेछ । काम गर्दै जादा आफन्त सँगको विश्वास गुम्नेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आफन्त सँगको सम्बन्धमा चिसोपन बढ्नेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः–ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको कुरा सुनेर कुनै काम नगर्नु होला असफलता मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । मिलेर कुनै कुरा नगर्नु होला ।

सिंहः– समय सुधारोन्मुख देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा तल पर्न सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

कन्याः– संवेदनशिल भएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ तर लगानी गर्दा विचार पु¥याउनु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

तुलाः– काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख पाईनेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । नगरेका कामको दोष लिनु पर्नेछ ।

वृश्चिकः– साथी भाईलाई दिएको धन फिर्ता हुनसक्छ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उचित उपलब्धि हात पर्ने छैन ।

धनुः– सामान्यतया समयले साथ दिनेछ । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने विचार पु¥याउनु होला ।

मकरः–समय सुधारोन्मुख छ । विगतमा रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जीवन साथीको सहयोग मिल्नेछ । बाह्य व्यक्ति सँग मिलेर कुनै काम नगर्नु होला ।

कुम्भः– काम गर्ने वातावरण अझै बन्ने छैन । असहज परिस्थितिमा काम गर्दा बढि कष्ट हुनेछ भने उपलब्धि कम हात लाग्नेछ । आफन्त सँगको विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । कारोवारमा ध्यान दिनु होला, दिएको धन डुब्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार घाटा बढ्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

मिनः– दिन अनुकुल नै देखिन्छ समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला नत्र आएको अवसर गुम्नेछ । आर्थिक करोवारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । कामको शिलशिलामा घर छोडेर बाहिर जानुपर्ने अवस्था आउन सक्छ । पारिवारिक सहयोग मिल्नेछ ।

Back to top button