यति सानी छोरीलाई अलपत्र पार्ने कस्ती आमा होलिन ?बाबा कतारबाट फर्किए

सरिता थोकार आफ्नो ४ वर्षकी छोरी लिएर सिन्धुली वजारमा बस्थिन् । सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई पहिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ताव राखे दुवै जनाको मन मिलेपछि विवाह भयो । विवाह पछि उनले श्रीमतीलाई वजारमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् । उनी परिवारका लागि पैसा कमाउन भनेर वैदेशिक रोजगारीका लागि गए ।

अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्यालय समेत जान थालेकी छन् । आमाको काखमा लु’टुपु’टु गर्नुपर्ने छोरीको अहिले काख खो’सिएको छ । उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी नरोइ बस म तिमी ठूली भएपछि लिन आउँछु भनेर हिँडेको उनको श्रीमानले बताएका छन् । छोरी अहिले आमाको पर्खाइमा छन् ।

उनलाई संधै विद्यालय लैजाने ल्याउने ममी छैनन् । उनले ममी काठमाडौ जानु भएको छ भन्छिन् । तर उनको जिवनमा आमाको काख खो’सिएको थाहा छैन । वैदेशिक रोजगारीमा रहेका विरवहादुर अहिले घर फर्केका छन् । श्रीमती ह’राएपछि उनी सानो छोरी बोकेर श्रीमतीको खोजीमा छन् । आफ्नो घर गाउँमा भएकाले श्रीमतीलाई अप्ठेरो होला भनेर वजारमा कोठा लिएर राखेको उनको भनाई छ ।

श्रीमती घर छोडेर जानु अघि काठमाडौ गइरहने गरेको आफुले थाहा पाएको बताए । उपचार गर्न जाने वहानामा उनी काठमाडौमा अर्कै पुरुषसं’ग घुम्न थालेको बताए । उनले आफु विदेशवाट आएपछि राम्रो अस्पताल लैजान्छु भनेपछि हुन्छ भनेकी श्रीमती श्रीमानलाई थाहा नदिएरै काठमाडौ जान थालेको पनि उनको भनाई छ । श्रीमतीको मोवाइल पनि संधै अफ हुने गरेको पनि उनको भनाई छ ।

Back to top button