प्रहरीको यातनाबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु

काठमाडौं । हिरासतमा प्रहरीले दिएको या’ तना बाट जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृ’ त्यु भएको छ । प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित परिवारका तीन ज ना घाइ ते भएका छन् ।

मोबाईल चोरेको आरोपमा गत १८ माघमा प्रहरीले पदमलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । जहाँ उनलाई निक्कै यातना दिइयो । प्रहरी कार्यालयबाट घर फर्किएपछि पदमको खुट्टा र शरिर सुन्निनुका साथै निलडाम देखिएपछि परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । शरिरमा गहिरो चोटका कारण मुटु, फोक्सो र मस्तिष्कमा क्रमशः रगत जम्दै गएपछि बुधबार उनको मृ’ त्यु भएको थियो ।

अस्पतालकोे विरामी कार्डमा पनि पदमको पैतालामा पाईप र लठ्ठीले धेरै हानेकाले शरिर सुन्निएको उल्लेख छ । मृ’तक बालकका बाजे धर्मसिंह बुढाले प्रहरीबाटै नागरिक असुरक्षित भएको बताए । ‘जनताको सुरक्षा गर्ने जिम्मा बोकेको प्रहरीले नै त्यो सानो बालखलाई मा’ र्‍यो ।

दिनदहाडै जघन्य अपराध गर्ने पुलिसमाथि अब हामीले कसरी विश्वास गर्नु रु’, उनले भने । पदमका आफन्त दानबहादुर खत्रीले प्रहरीबाटै समाज त्र’ सित भएको बताए । ‘नेपालको संविधान २०७२ को धारा ९३९० को उपधारा ९७० मा बालकलाई कुनै पनि घटनाको विषयलाई लिएर शारिरिक तथा मानसिक यातना दिन नमिल्ने व्यवस्था छ । तर, प्रहरीलेनै म’ र्ने गरी बालक माथि गरेको ज’ घन्य अप’ राधले समाज त्र सित भएको छ,’ उनले भने ।

स्थानीय प्रशासनले पनि प्रहरीको यातनाकै कारण पदमको मृ’ त्यु भएको भन्दै कुट’ पिट गर्ने प्रहरी जवान कृष्ण अधिकारीलाई बिहिबार निलम्बन गरेको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयबाट टोली आउन लागेको जुम्लाका सिडिओ भुपेन्द्र थापाले बताए । नयाँ पत्रिकामा खबर छ ।

Back to top button