शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट

काठमाडौं- शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट भएको छ ।

हिजो प्रतितोला ८९ हजार २०० रुपैैंयामा कारोबार भएको सनुको मुल्य शुक्रबार एक हजार रुपैंयाले ओरालो लागेर ८८ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य शुक्रबार ८७ हजार ७५० रुपैंयामा कारोबार भएको हुनेछ ।

यस्तै चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार भएको थियो ।

Back to top button