भागरथी भट्टको श’व बुझ्यो परिवारले , मन थामेर हेर्नुहोस, यसरी लगियो.परिवारलाई सम्हाल्न गारो

बैतडीकि दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथी भट्टको ब’ला’त्का’रपछि ह’त्या गरिएको आफन्तले शुक्रबार श’व बुझेका छन् । माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीका उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल श’व नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो । अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा उनले ब’ला’त्का’रपछि ह’त्या गरेको खुलेको प्रहरीले दाबी गरेको छ । आफन्त भएकैले यो घटनामा अरूको पनि स‌ंलग्नता भएको आशंका गर्दै परिवा’रले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले ‘शव बुझेको मृ’त’कका काका शिवराज भट्टले बताए । अबको अनुसन्धान पनि निष्पक्ष हुनुपर्ने उनले बताए । प्रशासनसँगको सहमतिमा श’व बुझेर महाकाली नदीमा दाह’सं’स्कारको तयारी गरिएको पनि उनले बताए । भागरथीको श’व १७ औँ दिन देखि तेसै थियो।

Back to top button