प्रचण्डको ब्यबहार केटाकेटीको जस्तो भयो, माधवले अध्यक्ष हुन्छु भनेर नसोचे हुन्छ : केपी ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको ब्यबहार केटाकेटीको जस्तो भएको आरोप लगाएका छन् । विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दाको आधा समय प्रचण्ड माधव नेपाल समुहलाई खर्चिएका केपी ओलीले प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशका लागि यस्तो कदम चाल्न आँफु बाध्य भएको ओलीको स्पष्टोक्ती रहेको छ ।

माधव नेपाललाई मक्ख नर्पन भन्दै ओलीले सोही सभाबाट भने अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख पर्न जरुरी नरहेको बताए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो । तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्’ उनले माधव नेपाललाई कटाक्ष गर्दै भने ।

Back to top button