राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा बादल र खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । बादलले नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको हो भने देवकोटा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको हो । बादलको प्रस्तावकमा वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ ।

स्वतन्त्र उम्मेदवार देवकोटाको प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल हुनुहुन्छ भने समर्थक कांग्रेस सांसद राधा घले बस्नुभएको छ ।

Back to top button