भारतबाट तीस टन लिक्यूड अक्सिजन भोली आइपुग्ने

काठमाडौं । भारतबाट भोली ३० टन लिक्यूड अक्सिजन नेपाल आइपुग्ने भएको छ । भारतले हिजो मात्र लिक्यूड अक्सिजनको निर्यात खुला गरेपछि भोली नेपाल आइपुग्ने भएको हो ।

दुईवटा ट्यांकरमा आउने ३० टन लिक्यूड अक्सिजनले १ लाख ८० हजार भन्दा बढी सिलिन्डर भर्न पुग्ने जनाइएको छ । यस्तै भारतले रोकेको कोरोना विरुद्धको खोप कोभिशिल्डको आपूर्तिपनि सुचारु गर्ने भएको छ ।

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति हुने आशयको जवाफ दिएको दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यलाई उदृत गर्दै नेपाल प्रेसले उल्लेख गरेको छ ।

Back to top button