टिकटक बनाउँदा गयो एक युवाको ज्यान

विराटनगर । पछिल्लो समय टिकटकप्रतिको क्रेज सवै उमेरसमूहमा देखिन्छ । टिकटकबाटै छोटो समयमा नै सेलिब्रेटि बन्न थालेपछि युवा पुस्तामा यसको मोह अझ बढी छ । हरेक किसिमका कृयाकलाप टिकटक मार्फत सार्वजनिक भइरहेका छन् ।

मानिसहरु टिकटिककै लागि अनेकन नविन सृजनामा पनि लागिरहेको पाइन्छ । योसँगै टिकटिककै लागि मानिसहरुले खर्च गर्ने र जोखिम मोल्नपनि पछि पर्दैनन् । तर टिकटक बनाउँदा ज्यान नै जाला भन्ने कस्लाई पो लाग्ला र ?

तर शुक्रबार सुनसरीको धरानका एक युवाको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको छ । धरान– ५ का १८ वर्षीय सुभास परियारको उदयपुरको कटारी–११ स्थित हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुशार धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमोमा सवार परियार सुमो बिग्रिएरपछि भीरमा चढेर टिकटक बनाउन थालेका थिए ।

लडेर गम्भिर घाइते भएका उनको उपचारका लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Back to top button