मोरङमा चट्याङ लागेर १ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । बिहान पानी सहित परेको चट्याङमा परी मोरङमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको हो ।

बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी गम्भिर घाईते हुनुभएका माझीको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरिया का ४५ वर्षीय मुक्तर मियाँ अन्सारी र उहाँकी श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते हुनुभएको छ ।

घाइते दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button