अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्छौं: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्ने बताउनुभएको छ ।

संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि बाहिरिने क्रममा नेता भट्टराईले आफूहरु सग्लो एमालेको पक्षमा रहेको भन्दै एकता जोगाउन अन्तिसम्म प्रयास गर्ने बताउनुभएको हो ।

उहाँले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने बताउनुभयो । नेता भट्टराईले छलफल सकारात्मक रहेको प्रतिकृया दिनुभयो ।

Back to top button