आगलागीबाट ८ वटा चौपाया जलेर मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाऊँपालिका– ६ कोयलपुरमा आगलागी हुँदा ८ वटा चौपायाको जलेर मृत्यु भएको छ । स्थानीय जंग बहादुर तामाङको गाई गोठमा आगलागी हुँदा ७ वटा बाख्रा एउटा गाईको जलेर मृत्यु भएको छ । २ वटा बाख्रा र १ वटा गाई घाईते छन् ।

राती २ बजे तामाङको गाईगोठमा आगलागी भएको हो । आगलागीबाट गोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको हो ।

गोठमा बालेरको घुरबाट आगोसल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीबाट अन्दाजी तीन लाख मूल्यबराबरको क्षति भएको अनुमान गरिएको छ ।

Back to top button