प्रतिनिधिसभामा गुम्यो प्रधानमन्त्री ओलीलाई विश्वासको मत

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत गुमेको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमा आज भएको मत विभाजनमा प्रधानमन्त्रीको विश्वासको पक्षमा ९३ मत मात्रै परेको छ । विपक्षमा १२४ र तटस्थमा १५ मत परेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा २ सय ३२ जना सांसदको उपस्थित थियो । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्नुभएको छ ।

सत्तारुढ नेकपा एमालेले प्रस्तावको पक्षमा मतदान गरेको थियो । एमालेकै माधवकुमार नेपाल झलनाथ खनाल समूह भने वैठकमा नै अनुपस्थित रहेको छ ।

यस्तै प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गरेको थियो । जसपाको महन्थ ठाकुर समूह भने तटस्थ रह्यो । प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहनुभएको थियो ।

Back to top button