करेन्ट लागेर दुईको मृत्यु

विराटनगर । भोजपुर र धनकुटामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भोजपुरको पौवादुम्मा गाऊँपालिका १ अरुणडाँडा का ३० वर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो भने धनकुटा–५ का १० वर्षीय बालक संयोग श्रेष्ठको मृत्यु भएको छ ।

शेर्पाको बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चढ्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर अन्दाजी २५ फिट माथीबाट खस्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै बालक श्रेष्ठ गएराती आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Back to top button