सिटी सफारी दुर्घटनामा बालिकाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– ५ तीनपैनीमा विहान सिटि सफारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बिहान को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार स्थानीय ५ बर्षीय बालिका रबिना खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बालिकाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिटी सफारी र चालक स्थानीय हरि नारायण चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहि अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Back to top button