
काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गरेको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी वैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमत पुर्याउने विश्वास वैठकले लिएको छ । बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्रले कांग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट भएर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उहाँले एमालेकै माधव कुमार नेपाल समूहले पनि एउटा निकास दिने र कांग्रेसको नेतत्वमा सरकार बन्ने आधार तयार हुने बताउनुभयो ।