माधव नेपालसहितका चार नेतामाथिको कारवाहि फुकुवा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरिएको कारवाहि फुकुवा गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको गरेको निलम्वनको कारवाहीलाई फुकुवा गरेको हो ।

पार्टीलाई एकढिक्का बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताउनुभयो ।

Back to top button