हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई बिहान साँढे ५ बजेको समयमा वृक्षारोपण सामुदायीक वन क्षेत्र नजिक हात्तीले आक्रमण गरेको थियो ।

हात्तिको आक्रमणबाट लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई आवश्यक प्रकृया अघि बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Back to top button