पत्रकार महासंघ मोरङद्धारा कोरोना समन्वय कोष स्थापना

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग गर्नका लागि कोरोना समन्वय कोष स्थापना गरेको छ । कार्यसमिति पदाधिकारी र सल्लाहकारहरुबाट ५१ हजार राशि जम्मा गर्दै कोषको प्रारम्भ गरेको हो ।

प्रदेश सरकारबाट प्राप्त हुने २ लाख रुपैयाँ पनि सोहि कोषमा राख्ने निर्णय गरेको महासंघले इच्छुकलाई सहयोग रकम दाखिला गर्नसमेत आह्वान गरेको छ ।

निरन्तर समाचार संकलन तथा सम्प्रेषण गर्दै आएका पत्रकारहरुको जीवन रक्षार्थ यो कोषले सहयोग पुग्ने महासंघले विश्वास लिएको छ ।

दाताहरुले महासंघको कृषि विकास बैंकमा रहेको खाता नम्बर ०६०१६००३१८९७९०१९ मा रकम जम्मा गर्नसक्ने तथा त्यसलाई महासंघ मोरङका अध्यक्ष सञ्जिव खनालको संयोजकत्वको समितिले सञ्चालन तथा व्यवस्थापन गर्ने सचिव नेत्र पी अधिकारीले बताउनुभयो ।

यस्तै जिल्लामा कृयाशिल पत्रकारहरुको उपचारमा सहजिकरण गर्नका लागि अध्यक्ष सञ्जिव खनालकै नेतृत्वमा ६ सदस्सिय र्‍यापिड रेस्पोन्स टीम समेत गठन गरेको छ । समितिमा महासंघका सल्लाहकार शंकर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्रपी अधिकारी र कोषध्यक्ष अभयकुमार राई रहनुभएको छ ।

Back to top button